काठमाडौँ । तनहुँको आँबुखैरेनी गाउँपालिका वडा नम्बर २ खानि खोलामा सडक भासिएको छ। आज सडक भासिएपछि पृथ्वी राजमार्ग अवरुद्ध भएको छ।
सडक चौडा गर्ने क्रममा पुलनजिकै सडक भासिएको हो। तनहुँका डिएसपी युवराज खड्काका अनुसार सडक डाइभर्सन बनाउन खोज्दा सडक भासिएको हो।
‘सडकमा ठुलो खाल्डो परेको छ। एक घण्टादेखि सडक अवरुद्ध छ,’ उनले भने, ‘खुलाउने प्रयास भइरहेको छ। स(साना गाडीहरू पास भइरहेका छन्।’ खाल्डोमा माटो राखेर पुर्ने र सडक खुलाउने तयारी छ।