सुकुम्वासीविरुद्ध घाइते नगर प्रहरीले प्रहरीमा किटानी जाहेरी दिने « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

सुकुम्वासीविरुद्ध घाइते नगर प्रहरीले प्रहरीमा किटानी जाहेरी दिने


१५ मंसिर २०७९, बिहिबार


काठमाडौँ । काठमाडौँ महानगरपालिकाका नगर प्रहरीले थापाथलीमा सुकुम्वासी बस्ती हटाउन जाँदा आक्रमण गर्ने १८ जना विरुद्ध प्रहरीमा किटानी जाहेरी दिने भएको छ ।

काठमाडौँ महानगर प्रहरीका प्रहरी उपरीक्षक दिनेश अर्यालका अनुसार महानगरीय प्रहरी परिसर टेकुमा घाइते नगर प्रहरीहरूले किटानी जाहेरी दर्ता गर्न लागेका हुन् ।

अर्याल भन्छन्, ‘आज घाइतेहरूको तर्फबाट प्रतिकार गर्नेहरूको नाम सहित टेकु परिसरमा महानगर प्रहरीले किटानी जाहेरी दिँदै छौँ, पत्र समेत तयार भइसकेको छ ।’ गत सोमबार महानगर प्रहरी काठमाडौँ ११ थापाथलीस्थित बागमती किनारमा रहेको अव्यवस्थित बस्ती हटाउन जाँदा बस्तीमा रहेकाहरूले नगर प्रहरीमाथि घरेलु हतियारसहित आक्रमण गरेका थिए ।

त्यस क्रममा ३६ जना नगर प्रहरी घाइते भएका थिए । जसमा ३ जना गम्भीर भएको नगर प्रहरीले जनाएको छ । यसअघि महानगरपालिकाले नगर प्रहरी विरुद्ध आक्रमण भएको भन्दै जिल्ला प्रशासन कार्यालय र प्रहरीमा चिठी पठाएको थियो ।

बुधबार जिल्ला प्रशासन कार्यालय काठमाडौँले चिठी अनुसार कारबाही अगाडी बढाउन प्रहरीलाई निर्देशन दिएको थियो । तर प्रहरीले कारबाही अगाडी नबढाए पछि महानगर प्रहरीले किटानी जाहेरी नै दिने तयारी गरेका एक नगर प्रहरी अधिकृतले बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस