२३ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बहुमत नपुगेपछि सीके राउत र महन्थ ठाकुरलाई फकाउँदै देउवा

अ+ अ-

काठमाडौँ । मंसिर ४ गते सम्पन्न चुनावको मतगणना अन्तिम चरणमा पुगेको छ । हाल प्राप्त मतको आधारमा दलहरूले सङ्घ तथा प्रदेशमा नयाँ सरकार गठनका लागि छलफल सुरु गरेका छन् । नेपाली काँग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले दलहरूसँग अनौपचारिक छलफल थालेका छन् । गठबन्धनमा रहेका दल तथा त्यसबाहिर रहेका दलका नेताहरूसँग उनले बालुवाटारमा छुट्टाछुट्टै छलफल गरेका छन् ।

चुनाव जितेपछि विजयोत्सव मनाइरहेका लोकतान्त्रिक समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुर र जनमत पार्टीका अध्यक्ष सीके राउतलाई प्रधानमन्त्री देउवाले काठमाडौँ बोलाएर छलफल गरेका हुन् । सत्ता गठबन्धनलाई बहुमत जुटाउन केही सिट अपुग देखिन्छ । सत्ता गठबन्धनमा रहेका काँग्रेस, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, राष्ट्रिय जनमोर्चा र लोसपाबाहेक पनि केही सिट आवश्यक परेपछि प्रधानमन्त्री देउवाले छलफल थालेका हुन् । यस क्रममा उनले जनमत पार्टीका प्रमुख सीके राउतलाई प्राथमिकता दिएको देखिन्छ ।

बहुमतका लागि प्रतिनिधिसभामा कम्तीमा १३८ सांसदको समर्थन आवश्यक हुन्छ । हाल प्राप्त मत परिणाम अनुसार सत्ता गठबन्धनमा रहेका दलमध्ये काँग्रेसले ५४ (१ अग्रता), माओवादी केन्द्रले १७, नेकपा एकीकृत समाजवादीले १०, लोसपाले ४ र राष्ट्रिय जनमोर्चाले १ सिट जितेका छन् । गठबन्धनको जम्मा प्रत्यक्ष मत ८६ हुन्छ । हालसम्मको मतपरिणामअनुसार सत्ता गठबन्धनमा रहेका दलहरूले समानुपातिकतर्फ बढीमा ४६ सिट प्राप्त गर्ने देखिएको छ । प्रत्यक्ष र समानुपातिक गरी सत्ता गठबन्धनसँग १३२ सांसद पुग्ने देखिन्छ ।

सरकार बनाउन सत्ता गठबन्धनसँग ६ सिट अपुग छ । सीके राउतसँग एक सिट प्रत्यक्ष र समानुपातिक पाँचसहित ६ सिट छ । त्यही भएर सीके राउतलाई सत्ता गठबन्धनमा भित्र्याउन प्रयास भइरहेको छ ।

उता, नागरिक उन्मुक्ति पार्टी गठन गरेका रेशम चौधरीलाई पनि सत्ता गठबन्धनमै तान्ने प्रयास भइरहेको छ । नागरिक उन्मुक्ति पार्टीसँग माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले छलफल गरेका छन् । यता, स्वतन्त्रबाट जितेका प्रभु साह, किरण साह र डा.अमरेश सिंहलाई पनि सत्ता गठबन्धनले आफ्नो पक्षमा राखेर हिसाब गरिरहेको छ तर हालसम्म प्रभु साहले यस विषयमा केही बोलेका छैनन् ।

महन्थ ठाकुर र सीके राउतले मधेस प्रदेश सरकारका लागि गठबन्धनसँग बार्गेनिङ गरिरहेको बुझिएको छ । दुवैजनाले मधेस प्रदेश सरकारको नेतृत्व माग गरिरहेका छन् । सीके राउत नेतृत्वको पार्टीको भूमिका प्रदेश तथा केन्द्र सरकार गठनमा निर्णायक भएको कारण नै सो पार्टीले बार्गेनिङको रफ्तार बढाएको छ । सो पार्टी सङ्घ तथा प्रदेश सरकारमा जाने पक्षमा देखिन्छ । सोही अनुसार सीके राउतले आफ्ना माग सत्ता गठबन्धनसमक्ष अनौपचारिक रूपमा राखिसकेको बताइन्छ ।

जनमत पार्टीका अध्यक्ष राउत ले भने छलफल सबैसँग भइरहेको तर निष्कर्ष कसैसँग ननिस्केको बताएका छन् । आफूहरूको मुद्दा र मागमा जसले सहमति जनाउँछ, त्यसलाई सहयोग गर्ने उनको भनाइ छ । आफूहरूको मागप्रति सहमति नजनाउनेसँग सरकारमा जान बाध्य नहुने उनले प्रस्ट पारे ।

सो पार्टीका महासचिव चन्दन सिंहले सरकार गठनका लागि औपचारिक छलफल कसैसँग सुरु नभएको बताए । विभिन्न दलका नेताहरू अनौपचारिक रूपमा सम्पर्कमा आएको र सोही अनुसार छलफल हुने गरेको उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस