किरात धर्मगुरुको जन्मोत्सव मनाउन उपराष्ट्रपति इलाम जाने « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

किरात धर्मगुरुको जन्मोत्सव मनाउन उपराष्ट्रपति इलाम जाने


१५ मंसिर २०७९, बिहिबार


इलाम । किरात धर्मगुरु आत्मानन्द लिङ्देनको ६९ औ जन्मजयन्तीको अवसरमा उपराष्ट्रपति नन्दबहादुर पुन (पासाङ) मंसिर १८ गते माङसेबुङ जाने भएका छन् ।

धर्मगुरु लिङ्देनको जन्मोत्सव कार्यक्रम उद्घाटन गर्न तथा धर्मगुरुलाई शुभकामना दिन उपराष्ट्रपति पुन माङसेबुङ गाउँपालिका-५ लारुम्बा जान लागेका हुन् ।

किरात चोत्लुङ मुहिङगुम आङसी माङगेन्ना सेवा समितिको आयोजनामा हुने जन्मोत्सवमा विभिन्न कार्यक्रमको तय गरिएको छ। ​मंसिर १६ गते साक्मुरा वादेम्मा, १७ गते विश्व शान्ति तथा मानव एकताका लागि किरात हाङसाम मुजोत्लुङ माङहिममा लाधुङसेमी सेवा कार्यक्रम गर्ने बताइएको छ।

Tags :
प्रतिक्रिया दिनुहोस