डोटीमा वडा अध्यक्ष पुष्पराज जोशीको निधन « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

डोटीमा वडा अध्यक्ष पुष्पराज जोशीको निधन


१५ मंसिर २०७९, बिहिबार


डोटी । डोटीको पुर्बीचौकी गाउँपालिका ६ गाजँरी का वडा अध्यक्ष पुष्पराज जोशीको हृदयघातका कारण बुधबार राति निधन भएको छ । 

बुधबार गाउँपालिकाको बैठक सकेर आफ्नो घर जाने क्रममा बाटोमा एक्कासि बेहोस भएर ढलेका थिए उनलाई अस्पताल ल्याउँदा बाटोमा निधन भएको पुर्बिचौकी गाउँपालिका वडा नम्बर ४ का वडा अध्यक्ष बल बहादुर खड्काले बताए । 

६५ वर्षीय अध्यक्ष जोशीको हृदयघातका कारण निधन भएको जिल्ला अस्पताल डोटीका डाक्टर सोहन शाहले बताए । 

जोशी २०७९ साल वैशाख ३० गते भएको स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसबाट वडा अध्यक्षमा निर्वाचित भएका थिए । 

Tags :
प्रतिक्रिया दिनुहोस