त्रिविको ४८औं दीक्षान्त समारोह मंसिर २३ मा हुने « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

त्रिविको ४८औं दीक्षान्त समारोह मंसिर २३ मा हुने


१३ मंसिर २०७९, मंगलबार


काठमाडौँ । त्रिभुवन विश्वविद्यालयको ४८औं दीक्षान्त समारोह मङ्सिर २३ गते शुक्रबार हुने भएको छ ।

त्रिविले सो दीक्षान्त समारोह इन्जिनियरिङ अध्ययन संस्थान पुल्चोक क्याम्पसको खेल मैदानमा हुने जनाएको छ । विश्वविद्यालयले समारोहमा सहभागी हुने विद्यार्थीहरूलाई आ-आफ्नो गाउन, स्कार्फ, टोपी पहिरी बिहान १० बजेभित्र समारोह स्थानमा प्रवेश गर्नका लागि निर्देशन दिएको छ ।

त्रिवि कार्यालयले दीक्षान्त पदक तथा पुरस्कार प्राप्त गर्ने विद्यार्थीका लागि सबैभन्दा अगाडिको पङ्क्तिमा बस्ने व्यवस्था गरेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस