समानुपातिकतर्फ ९५ लाख मत गन्दा कुन दललाई कति ? « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

समानुपातिकतर्फ ९५ लाख मत गन्दा कुन दललाई कति ?


१३ मंसिर २०७९, मंगलबार


काठमाडौँ । गत मंसिर ४ गते भएको आम निर्वाचनको मतगणना जारी छ । प्रतिनिधिसभाको समानुपातिकतर्फको आज (मंगलबार) बिहान ६ बजेसम्म कुल ९४ लाख ९१ हजार ६२२ मत गणना हुँदा नेकपा एमालेको अग्रता कायमै छ । एमालेले २५ लाख ७० हजार ८२३ मत प्राप्त गरी पहिलो स्थानमा कायम राखेको हो ।

त्यस्तै नेपाली कांग्रेसले २४ लाख ३८ हजार ६४४ मत प्राप्त गर्दै दोस्रो स्थानमा रहि एमालेलाई पछ्याइरहेको छ त्यसैगरी नेकपा (माओवादी केन्द्र)ले १० लाख ९२ हजार ५३६ मतका साथ तेस्रो स्थानमा रहेको छ ।

नवगठित राष्ट्रिय स्वतन्त्र पार्टीले १० लाख ७० हजार १५५ मत प्राप्त​ गर्दा राष्ट्रिय प्रजातन्त्र पार्टी ५ लाख ४९ हजार ७७ मत पाएको छ । जनता समाजवादी पार्टी, नेपालले ३ लाख ४३ हजार ९६३ मत प्राप्त गर्दै राष्ट्रिय दल बन्न सफल बन्दा जनमत पार्टी २ लाख ८७ हजार ५०५ र नेपाल कम्युनिष्ट पार्टी ९एकीकृत समाजवादी० २ लाख ६२ हजार ७५७ मतका साथ राष्ट्रिय दल बन्न संघर्ष गरिरहेका छन् ।

नागरिक उन्मुक्ति पार्टीले २ लाख ४५ हजार १७९ र लोकतान्त्रिक समाजवादी पार्टी नेपालले १ लाख ३० हजार ४५६ मत प्राप्त गर्दा अन्य दलले एक लाख मत कटाउन सकेका छैनन् ।

Tags :
प्रतिक्रिया दिनुहोस