कर्णाली करिडोर : सुनाखाडा खण्डको कडा चट्टान छिचोल्ने क्रममा सैनिकको मृत्यु « प्रशासन
Logo २१ बैशाख २०८१, शुक्रबार
   

कर्णाली करिडोर : सुनाखाडा खण्डको कडा चट्टान छिचोल्ने क्रममा सैनिकको मृत्यु


१२ मंसिर २०७९, सोमबार


काठमाडौँ । कर्णाली करिडोर अन्तर्गत सुनाखाडा खण्डको कडा चट्टानमा काम गर्ने क्रममा घाइते भएका नेपाली सेनाको मृत्यु भएको छ।

आइतबार दिउँसो साढे १२ बजे चोट लागेर घाइते भएका अन्दाजी ३५ वर्षका अमलदार ख्यामराज पोखरेलको मृत्यु भएको नेपाली सेनाको बराह दल गुल्म रानीवन ब्यारेकले जनाएको छ।

खार्पुनाथ गाउँपालिका-१ मा पर्ने सुनाखाडाको कडा चट्टान छिचोल्ने क्रममा विस्फोट गर्दा ढुङ्गा लागेर घाइते भएका उनको उपचारको क्रममा मृत्यु भएको हो।

नेपाली सेनाको हेलिकोप्टरबाट उद्धार गरी उनलाई उपचारका लागि नेपालगन्ज लगिएको बराह दल गुल्म रानीवन ब्यारेकका गुल्मपति सुरेन्द्र श्रेष्ठले बताए। 

उपचारका क्रममा नेपालगन्जस्थित नेपाली सेनाको अस्पतालमा मृत्यु भएको गुल्मपति श्रेष्ठले बताए। छारे र सुनाखाडा खण्डमा काम गर्ने क्रममा हालसम्म दुईजना सैनिकले ज्यान गुमाइसकेका छन्। 

Tags :
प्रतिक्रिया दिनुहोस