समानुपातिकतर्फ गण्डकी र लुम्बिनी प्रदेशमा एमाले पहिलो « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

समानुपातिकतर्फ गण्डकी र लुम्बिनी प्रदेशमा एमाले पहिलो


१२ मंसिर २०७९, सोमबार


काठमाडौँ । पछिल्लो मतगणना अनुसार नेपाली काँग्रेसले ३ लाख १७ हजार ५९६ मत ल्याएको छ ।

माओवादी केन्द्रले १ लाख १५ हजार ३६६ मत ल्याएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टी ५७ हजार ११६ मत ल्याउँदै चौथो स्थानमा छ ।

नेकपा एकीकृत समाजवादीले १४ हजार ६९७ सय मत ल्याउँदा जनता समाजवादी पार्टीले ५ हजार ६८२ ल्याएको छ ।

यस्तै, लुम्बिनी प्रदेशमा समानुपातिकतर्फ नेकपा एमाले पहिलो स्थानमा छ । १८ लाख ५९ हजार ६२ मत गणना हुँदा एमालेले ५ लाख ६२ हजार २२२ मत ल्याएको छ । यस्तै, दोस्रोमा नेपाली काँग्रेस रहेको छ । पछिल्लो मतगणनाअनुसार काँग्रेसले ४ लाख ९४ हजार १४५ मत ल्याएको छ ।

नेकपा माओवादी केन्द्रले १ लाख ९४ हजार ९५२ मत ल्याएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टी १ लाख २५ हजार ९३५ मत ल्याउँदै चौथो स्थानमा छ । नागरिक उन्मुक्ति पार्टीले १ लाख १९ हजार १७५ मत ल्याउँदा नेकपा एकीकृत समाजवादीले ४२ हजार १२८ मत ल्याएको छ ।

यस्तै, जनमत पार्टीले यो प्रदेशमा ८१ हजार ४०६ मत ल्याएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस