चीनमा चर्किँदै सरकार विरोधी प्रदर्शन, राष्ट्रपति सिको राजीनामा माग « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

चीनमा चर्किँदै सरकार विरोधी प्रदर्शन, राष्ट्रपति सिको राजीनामा माग


१२ मंसिर २०७९, सोमबार


काठमाडौँ । चीनमा कोरोना भाइरस रोकथामका लागि लगाइएका प्रतिबन्धको विरोधमा सरकार विरोधी प्रदर्शन चर्किँदै गएको छ ।

प्रदर्शनकै क्रममा केही पक्राउ पनि परेका छन् । आइतबार राति चीनको प्रमुख व्यापारिक सहर सांघाईमा प्रदर्शनमा सहभागी भएका केही पक्राउ परेका बीबीसीले जनाएको छ ।

सांघाईको मुख्य प्रदर्शनस्थलमा अहिले प्रहरीले सर्वसाधारण नागरिकलाई प्रवेशमा रोक लगाएको छ । त्यो सडक आसपासमा हिँड्ने र तस्बिर लिनेलाई प्रहरीले ठाउँको ठाउँमा समात्ने गरेको छ ।

चीनको उरुम्चीस्थित एक अपार्टमेन्टमा आगलागी भएर १० जनाको मृत्यु भए लगत्तै प्रदर्शन सुरु भएको थियो । सरकारले लकडाउन गरेर घरबाहिर निस्किन नदिएकै कारण उनीहरूको मृत्यु भएको भन्दै उरुम्चीबाट सुरु भएको प्रदर्शन चीनका अन्य सहरमा पनि फैलिएको छ ।

र यो विरोध प्रदर्शन सरकारको शून्य कोभिड नीतिको विरोधमा बदलिएको छ र प्रदर्शनकारीले राष्ट्रपति सी जिनपिङको राजीनामासमेत मागेका छन् । केही ठाउँमा प्रदर्शनकारीले मैनवत्ती बालेका छन् त केही ठाउँका प्रदर्शनकारी सेतो कागज देखाउँदै जुलसमा सहभागी भएका छन् ।

चीनमा कम्युनिष्ट पार्टी र सरकारविरुद्ध बोल्नुलाई निक्कै खतरनाक मानिन्छ । सरकार र पार्टी विरुद्ध बोल्ने, प्रदर्शन गर्नेलाई जेल सजायसमेत हुन सक्छ । तर पनि त्यसको प्रवाह नगरी चिनियाँ नागरिक सडकमा निस्किएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस