समानुपातिकतर्फ फेरि माओवादीले उछिन्यो राष्ट्रिय स्वतन्त्रलाई « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

समानुपातिकतर्फ फेरि माओवादीले उछिन्यो राष्ट्रिय स्वतन्त्रलाई


१२ मंसिर २०७९, सोमबार


काठमाडौँ । प्रतिनिधि सभाको समानुपातिकतर्फको मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी र नेकपा (माओवादी केन्द्र) को उछिनपाछिन चलिरहेको छ।

प्राप्त पछिल्लो मतपरिणाममा माओवादी केन्द्र केही सय मतले घण्टी चिन्ह भएको रास्वपाभन्दा अघि लागेको छ।

९३ लाख ८ हजार १६४ मत सदर हुँदा माओवादी केन्द्रले १० लाख ६४ हजार १५२ अर्थात् ११.४३ प्रतिशत मत पाएको छ।

रास्वपाले १० लाख ६३ हजार ८३१ अर्थात् ११.४२ प्रतिशत मत पाएको छ। अहिलेसम्म पहिलो स्थानमा नेकपा (एमाले) छ। एमालेले २५ लाख ३४ हजार ४४४ अर्थात् २७.२२ प्रतिशत मत पाएको छ।

दोस्रो स्थानमा रहेको नेपाली काँग्रेसले २४ लाख ३०७ मत पाएको छ। काँग्रेसको मत २५.७८ प्रतिशत छ।

पाँचौँ स्थानमा रहेको राष्ट्रिय प्रजातन्त्र पार्टीले ५ लाख ४५ हजार ६९० अर्थात् ५.८६ प्रतिशत मत पाएको छ।

छैटौँ स्थानमा रहेको जनता समाजवादी पार्टीले ३ लाख २६ हजार ४१८ अर्थात् ३.५ प्रतिशत मत पाएको छ।

सातौँ र आठौँ स्थानमा रहेका जनमत पार्टी र नेकपा (एकीकृत समाजवादी) भने तीन प्रतिशतको थ्रेस होल्डमा पुग्न सङ्घर्षरत छन्।

अहिलेसम्म जनमत पार्टीले २ लाख ६२ हजार ८२६ अर्थात् २.८२ प्रतिशत मत पाएको छ भने एकीकृत समाजवादीले २ लाख ५२ हजार १५५ अर्थात् २.७० प्रतिशत मत पाएको छ।

Tags :
प्रतिक्रिया दिनुहोस