माओवादीले कटायो समानुपातिकमा १० लाख मत, थ्रेसहोल्ड पछ्याउँदै एकीकृत समाजवादी « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

माओवादीले कटायो समानुपातिकमा १० लाख मत, थ्रेसहोल्ड पछ्याउँदै एकीकृत समाजवादी


११ मंसिर २०७९, आइतबार


काठमाडौँ । नेकपा माओवादी केन्द्रले समानुपातिकमा १० लाख मत कटाएको छ । जारी मतगणनाअनुसार सो पार्टीले आइतबार दिउँसोसम्म ८७ लाख ७४ हजार ६६१ मत गनिसक्दा माओवादीको समानुपातिक मत १० लाख ५ हजार ६७९ मत पुर्‍याएको हो । 

त्यस्तै सोही समयमा एमालेले २४ लाख १३ हजार २२२ मतसहित पहिलो स्थान बनाएको छ भने नेपाली काँग्रेसले २२ लाख ९४ हजार ९८३ मतसहित दोस्रो स्थान बनाएको छ । माओवादीले १० लाख कटाएर तेस्रो स्थान कायम राखेको छ । 

त्यसैगरी चौथो स्थानमा राष्ट्रिय स्वतन्त्र पार्टीले ९ लाख ८३ हजार, राष्ट्रिय प्रजातन्त्र पार्टीले ५ लाख १३ हजार कटाएर पाँचौँ पार्टी बनेको छ । समानुपातिकतर्फ नै जसपाले ३ लाख कताएर छैटौँ, सातौँमा नेकपा एकीकृत समाजवादीले २ लाख ३५ हजार मत पाएको छ । ​समाजवादी तीन प्रतिशत थ्रेस होल्ड कटाउने प्रयासमा छ ।

समाजवादीपछि जनमतले २ लाख ३४ हजार, नागरिक उन्मुक्ति पार्टीले २ लाख २ हजार र लोसपाले १ लाख २२ हजार मत ल्याएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस