चेतन हत्या आरोपमा २२ जनाविरुद्ध किटानी जाहेरी दर्ता « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

चेतन हत्या आरोपमा २२ जनाविरुद्ध किटानी जाहेरी दर्ता


६ मंसिर २०७९, मंगलबार


काठमाडौँ । बाजुराको त्रिवेणी नगरपालिकामा-७ मा मंसिर ४ मा ज्यान गुमाएका चेतन ऐडीको ‘हत्या’ आरोपमा किटानी जाहेरी दर्ता भएको छ ।

ऐडीको हत्या आरोपमा २२ जनाविरुद्ध किटानी जाहेरी दर्ता गरिएको बताइएको छ । मंसिर ४ मा निर्वाचन हुँदै त्रिवेणी–७ स्थित नाटेश्वरी मतदान केन्द्रमा चेतन मतदान प्रतिनिधि थिए । मतदान सकिएपछि काँग्रेसका कार्यकर्ताले घरमै गएर निर्घात कुटपिट गरेर उनको हत्या गरेको बताइएको छ ।

अनेरास्ववियुका सचिवालय सदस्य चेतनको अछामस्थित बयलपाटा अस्पतालमा त्यही राति मृत्यु भएको हो । उनको शव अहिले अस्पतालमा छ । हत्यामा संलग्नलाई पक्राउ गरेर कानुनी दायरामा ल्याएपछि मात्र शव पोस्टमार्टम गरेर दाहसंस्कार गरिने बताइएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस