लमजुङमा एमालेका पृथ्वीसुब्बाको अग्रता कायमै, १९९१ मतले पछाडि देवप्रसाद « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

लमजुङमा एमालेका पृथ्वीसुब्बाको अग्रता कायमै, १९९१ मतले पछाडि देवप्रसाद


६ मंसिर २०७९, मंगलबार


लमजुङ । प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनअन्तर्गत लमजुङमा मतगणना जारी रहेको छ । पछिल्लो सार्वजनिक मतगणना परिणाम अनुसार १७ हजार नौ सय २८ मतगणना गर्दा नेकपा (एमाले)का उम्मेदवार पृथ्वीसुब्बा गुरुङले ९ हजार १ सय नौ मत प्राप्त गरेका छन् ।

नेकपा (माओवादी केन्द्र) का उम्मेदवार देवप्रसाद गुरुङले सात हजार दुई सय मत प्राप्त गरेका छन् । मुख्य निर्वाचन अधिकृत शिवप्रसाद खनालले भने, ‘ गणना भएका मध्ये हालसम्म चार सय ९७ मत बदर भएको छ ।’

जिल्लामा आठ पालिकामध्ये हालसम्म क्व्होलासोथर, दूधपोखरी, दोर्दी गाउँपालिका र मध्यनेपाल नगरपालिकाको मतगणना सम्पन्न भएको छ । जिल्लामा एक मात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस