आयुक्त थपलियासँग दक्षिण कोरियाका आयुक्तको भेटवार्ता « प्रशासन
Logo १९ बैशाख २०८१, बुधबार
   

आयुक्त थपलियासँग दक्षिण कोरियाका आयुक्तको भेटवार्ता


५ मंसिर २०७९, सोमबार


काठमाडौँ । दक्षिण कोरियाको निर्वाचन आयोगका आयुक्त (स्टयाण्डिङ कमिस्नर) कोङसिवन वाईले निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियासँग शिष्टाचार भेट गरेका छन् । 

प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचनको अवलोकनका लागि नेपाल आएका वाईले सोमबार आयुक्त थपलियासँग भेट गरेका हुन् । 

भेटका अवसरमा द्विपक्षीय सहयोग र सम्बन्धका विषयमा छलफल भएको थियो । प्रमुख आयुक्त थपलियाले निर्वाचन अवलोकन गरेकामा कोरियाली प्रतिनिधिमण्डललाई धन्यवाद व्यक्त गरेका छन् । 

Tags :
प्रतिक्रिया दिनुहोस