६० निर्वाचन क्षेत्रमा मतगणना जारी, यी २८ स्थानमा काँग्रेस अगाडि « प्रशासन
Logo २० बैशाख २०८१, बिहिबार
   

६० निर्वाचन क्षेत्रमा मतगणना जारी, यी २८ स्थानमा काँग्रेस अगाडि


५ मंसिर २०७९, सोमबार


काठमाडौँ । प्रतिनिधिसभाको ६० निर्वाचन क्षेत्रमा भएको मतगणना अनुसार २८ स्थानमा सत्तारुढ नेपाली काँग्रेसले अग्रता लिएको छ । यस्तै प्रमुख प्रतिपक्षी एमालेले १५, राष्ट्रिय स्वतन्त्र पार्टीले ७, राप्रपाले ४, माओवादी केन्द्र र एकीकृत समाजवादीले ३-३ निर्वाचन क्षेत्रमा अग्रता लिएको छ । 

इलाम १ मा काँग्रेसका डम्बर खड्का उदयपुर १ मा नारायण खड्का, मोरङ ६ मा शेखर कोइराला, पर्सा २ मा अजयकुमार चौरसिया, रौतहट-४ मा देवप्रकाश तिमलसिना, सप्तरी ४ मा तेचुला चौधरीले सुरुवाती अग्रता लिएका छन् ।

यस्तै काठमाडौँ-४ मा गगन थापा, काठमाडौँ-५ मा प्रदीप पौडेल, काठमाडौँ-१० राजन केसी, चितवन-१ मा विश्वनाथ पौडेल, नुवाकोट-१ अर्जुननरसिंह केसी, भक्तपुर-२ मा दुर्लभ थापा र मकवानपुर-१ मा महालक्ष्मी उपाध्याय ‘डिना’ अगाडि छन् । 

यता कास्की-१ मा किशोरदत्त बराल, तनहुँ-१ मा रामचन्द्र पौडेल, २ मा शङ्कर भण्डारी, नवलपुर-१ मा विष्णुकुमार कार्की, कपिलवस्तु-२ मा सुरेन्द्र आचार्य, ३ मा अभिषेकप्रताप साह, दाङ ३ मा दीपक गिरि, बर्दिया-१ मा सञ्जय गौतम, रुपन्देही-३ मा बालकृष्ण खाँण र ५ मा भरत शाहले अग्रता लिएका छन् ।

सुर्खेत-२ मा हृदयराम थानी, कञ्चनपुर-३ मा रमेश लेखक डडेल्धुरामा शेरबहादुर देउवा, कैलाली-४ मा वीरबहादुर बलायर, अछाम-२ मा पुष्पबहादुर शाहले अग्रता लिएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस