प्रदेशमा पनि काँग्रेसले खोल्यो खाता, मुस्ताङबाट नम्डु गुरुङ निर्वाचित « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

प्रदेशमा पनि काँग्रेसले खोल्यो खाता, मुस्ताङबाट नम्डु गुरुङ निर्वाचित


५ मंसिर २०७९, सोमबार


काठमाडौँ । नेपाली काँग्रेसका नम्डु गुरुङ मुस्ताङ ‘क’ बाट गण्डकी प्रदेश सभा सदस्यमा निर्वाचित भएका छन्।

उनी एक हजार ४८ मत प्राप्त गर्दै प्रदेश सभा सदस्य निर्वाचित भएका हुन्। उनका प्रतिस्पर्धी नेकपा (एमाले)का उम्मेदवार इन्द्रधारा विष्टले ७९३ मत पाइन्।

मुस्ताङ ‘क’मा एक हजार ८५५ मत खसेको थियो । जसमा १४ मत बदर भए। यो क्षेत्रमा तीन हजार ५४१ मतदाता थिए।

आजै मुस्ताङबाट प्रतिनिधि सभा सदस्यमा पनि काँग्रेसका योगेश गौचन थकाली निर्वाचित भएका थिए।

Tags :
प्रतिक्रिया दिनुहोस