सिम्तामा कर्मचारीको गल्तीका कारण रद्द भएको मतदान मङ्गलवार पुनः हुने « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

सिम्तामा कर्मचारीको गल्तीका कारण रद्द भएको मतदान मङ्गलवार पुनः हुने


५ मंसिर २०७९, सोमबार


काठमाडौँ । सुर्खेतमा सिम्तामा पुनः मतदान मङ्गलवार हुने भएको छ। सुर्खेतको सिम्ता गाउँपालिका-६ को सिम्ता बहुमुखी क्याम्पसको मतदान केन्द्रमा प्रतिनिधिसभाको मतपत्र प्रदेशसभाको मतपेटिकामा खसालेपछि मतदान स्थगित गरिएको थियो। 

निर्वाचनमा खटिएका कर्मचारीको गल्तीका कारण प्रतिनिधिसभाका १०० मतपत्र प्रदेशसभाको बाकसमा खसेपछि यहाँको तीन वटा केन्द्रको मतदान रद्द भएको भएको थियो। 

निर्वाचन आयोगले दुई दिनभित्र रद्द गरिएका क्षेत्रमा पुनः निर्वाचन गर्न निर्देशन दिएकाले मङ्गलवार निर्वाचन गर्ने तयारी भइरहेको निर्वाचन अधिकृत उपेन्द्रकेशर खनाल बताए। 

सिम्ताको सिम्ता बहुमुखी क्याम्पसमा तीन वटा मतदान रहेकोमा ‘क’ मतदान केन्द्रमा प्रतिनिधिसभाका एक सय मतपत्र मतदाताले प्रदेशसभाको बाकसमा खसाएका थिए।

Tags :
प्रतिक्रिया दिनुहोस