कतार विश्वकप आजदेखि सुरु, यसरी सकिन्छ नेपालबाट हेर्न ! « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

कतार विश्वकप आजदेखि सुरु, यसरी सकिन्छ नेपालबाट हेर्न !


४ मंसिर २०७९, आइतबार


काठमाडौँ । हिमालय टेलिभिजन नेटवर्कले आफ्नो दोस्रो च्यानल ‘हिमालय प्रिमियम’ एचडी टेलिभिजनको प्रसारण सुरु गरेको छ ।

फिफा विश्वकप २०२२ को प्रत्यक्ष प्रसारणको अवसर पारेर नेटवर्कले नयाँ प्रिमियम च्यानलको शुभारम्भ गरेको हो । हिमालय प्रिमियम, नेपालका लागि फिफा विश्वकप २०२२ को एक्सक्लुसिभ टेलिभिजन प्रसारक हो ।

नेपालभित्र विश्वकपका सबै खेल हिमालय प्रिमियम र हिमालय टिभी एचडीबाट मात्र हेर्न सकिनेछ । पहिलो पटक विदेशी च्यानलहरूलाई नेपालमा विश्वकप प्रसारण निषेध गरिएको छ ।

नेपालका अधिकांश च्यानल फ्रि टु एयर अर्थात् निःशुल्क प्रसारण भइरहेका बेला हिमालय प्रिमियम ‘पे च्यानल’ अर्थात् सशुल्क च्यानलका रूपमा प्रसारण सुरु भएको छ ।

पे च्यानल बिजनेस मोडल अन्तर्गत पहिलो पटक फिफा विश्वकप २०२२ का खेलहरू यो टेलिभिजनमार्फत शुल्क तिरेर हेर्न सकिने छ । हिमालय प्रिमियममा विश्वकप प्याकेज खरिद गर्न आफ्ना केबल सेवा प्रदायकमा सम्पर्क गर्नुपर्ने छ ।

विश्वकप फुटबल २०२२ आजदेखि कतारमा सुरु हुँदै छ । उद्घाटन खेलमा आयोजक कतार र इक्वेडरबीच प्रतिस्पर्धा हुँदैछ ।

Tags :
प्रतिक्रिया दिनुहोस