निर्वाचनका लागि गाउँ जाने बढेसँगै काठमाडौँ सुनसान  « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

निर्वाचनका लागि गाउँ जाने बढेसँगै काठमाडौँ सुनसान 


३ मंसिर २०७९, शनिबार


काठमाडौँ । निर्वाचनका लागि गाउँ जानेहरू बढेसँगै काठमाडौँ सुनसान बनेको छ ।

मतदान गर्न जानेहरूको संख्या बढेसँगै काठमाडौँका सडकहरू खाली देखिन थालेका छन् भने बजार पनि प्रायः बन्द छ । काठमाडौँको कलङ्की, कोटेश्वर, नयाँ बसपार्क, गौशाला लगायतका क्षेत्रमा गाउँ जानेहरू प्रशस्त भेटिएपनि काठमाडौँका भित्री गल्लीहरूमा भने मानिसहरूको चहलपहल कमै देखिन्छ ।

आइतबार हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको निर्वाचन हुँदैछ । निर्वाचनमा आफ्नो मौलिक अधिकारलाई प्रयोग गर्न र देश विकासको लागि सक्षम नेतृत्व चयन गर्न बाहिरी जिल्लाहरूबाट काठमाडौँ आइ बसोबास गर्नेहरू आफ्नो गृह जिल्ला फर्किँदा काठमाडौँ सुनसान बनेको हो ।

त्यस्तै, काठमाडौँका सुनसान सडकमा सुरक्षाकर्मीहरूले भने सुरक्षा दिइरहेका छन् । निर्वाचन बिथोल्नसक्ने सम्भावनालाई मध्यनजर गरी सुरक्षाकर्मीहरू सुरक्षाको लागि तैनाथ छन् । यतिबेला हरेक मतदान स्थलमा मतदान केन्द्रहरू धमाधम निर्माण र पूरा गर्ने काम भइरहेको छ । निर्वाचन आयोगले भने निर्वाचन सम्बन्धी सम्पूर्ण तयारीहरू सकिसकेको जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस