Logo ४ फाल्गुन २०८१, आइतबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे   crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ? crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

सुदूरपश्चिमका सबै मतदान केन्द्रमा खटिए कर्मचारी, सुरक्षा व्यवस्था चुस्त


२ मंसिर २०७९, शुक्रबार


काठमाडौँ । मंसीर ४ गते हुने संसदीय चुनावका लागि सुदूरपश्चिम प्रदेशका सबै मतदान केन्द्रमा कर्मचारी खटिएका छन् । बिहीबारदेखि नै मतदान केन्द्र पुगेका कर्मचारीहरूले आज (शुक्रबार)देखि मतदानका लागि आवश्यक तयारी गरेका छन् । 

प्रदेश निर्वाचन कार्यालयले प्रदेशभर खटाएका २५ हजार कर्मचारी काममा जुटेका हुन् । निर्वाचनका लागि प्रदेशभर सुरक्षा व्यवस्था कडा पारिएको छ । सीमानाकाहरु बन्द गरेर संयुक्त गस्ती पनि भइरहेको छ । आवश्यक परेको खण्डमा नेपाली सेनाले हवाई गस्तीसमेत गर्न तयार राखिएको छ ।

सुदूरपश्चिम प्रदेशका सबै निर्वाचन केन्द्रमा खटिएका कर्मचारीहरूले चुनावका लागि आवश्यक तयारी थालिसकेका छन् । सर्वदलीय बैठक, मतदानका लागि अवश्यक भौतिक संरचना तयारी गर्ने काम मतदान केन्द्रहरूमा भइरहेको जनता मावि मतदान केन्द्र धनगढीका मतदान अधिकृतले जानकारी दिए । 

मतदानका लागि आवश्यक सबै तयारी मंसिर ४ गतेपूर्व नै गरिसकिनेछ । मंसिर ४ गते बिहान ७  बजेदेखि साँझ ५ बजेसम्म सबै निर्वाचन केन्द्रमा मतदान हुनेछ । निर्वाचन क्षेत्रमै मतगणनासमेत हुने प्रदेश निर्वाचन कार्यालय कैलालीका प्रमुख प्रेमराज भट्टले जानकारी दिए ।

यसबीच, सुदूरपश्चिम प्रदेशका सिमानाका बन्द गरिएका छन् । बिहीबार राति १२ बजेदेखि भारतसँग जोडिएका सुदूरपश्चिमका सम्पूर्ण सिमानाका बन्द गरिएका हुन् । निर्वाचनलाई स्वच्छ, पारदर्शी, मर्यादित, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्नका लागि कैलाली, कञ्चनपुर, बैतडी, दार्चुलाका सिमानाका बन्द गरिएका छन् । सीमा क्षेत्र सशस्त्र प्रहरीले संयुक्त गस्तीसमेत गरिरहेको कैलालीका प्रमुख जिल्ला अधिकारी किरण थापाले जानकारी दिए ।

निर्वाचन सुरक्षा प्रयोजनका लागि कर्मचारीसँगै नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र म्यादी प्रहरी पनि परिचालन गरिएका छन् । सरकारको निर्वाचन सुरक्षा रणनीतिअनुसार प्रदेशमा म्यादीसहित १८ हजार प्रहरी, तीन हजार सशस्त्र र सोही संख्यामा सेना परिचालन गरिएको छ । 

सेनाले स्थलसँगै हवाई सुरक्षासमेत दिने तयारी गरिएको नेपाली सेनाका सुदूरपश्चिम पृतना हेडक्वाटर कैलालीका गणपति विजय थापाले जानकारी दिए ।

मंसिर ४ गते हुने चुनावका लागि सुदूरपश्चिम प्रदेशमा १६ लाख ५८ हजार ४ मतदाता छन् । सुदूरपश्चिम प्रदेशमा प्रतिनिधिसभातर्फ १६ वटा र प्रदेशसभातर्फ ३२ निर्वाचन क्षेत्र रहेका छन् । 

Tags :
प्रतिक्रिया दिनुहोस