आचारसंहिता उल्लङ्घन गर्ने १७ कर्मचारी कारबाहीमा  « प्रशासन
Logo ३ जेष्ठ २०८१, बिहिबार
   

आचारसंहिता उल्लङ्घन गर्ने १७ कर्मचारी कारबाहीमा 


१ मंसिर २०७९, बिहिबार


काठमाडौँ । सङ्खुवासभामा निर्वाचन आचारसंहिता उल्लङ्घन गर्ने मतदान अधिकृतसहित १७ कर्मचारी कारबाहीमा परेका छन्। 

आचारसंहिता उल्लङ्घन गर्ने ६ मतदान अधिकृत र ११ सहायक मतदान अधिकृत गरी १७ जनालाई कारबाही गरिएको जिल्ला निर्वाचन आचारसंहिता अनुगमन समितिका संयोजक चिरञ्जीवी अधिकारीले जानकारी दिए। 

कारबाहीमा पर्ने मतदान अधिकृतहरू सबै शिक्षक हुन् भने सहायक मतदान अधिकृतहरू १० जना शिक्षक र एक निजामती कर्मचारी हुन्। कारबाहीमा परेका उनीहरूको नाम भने गोप्य राखिएको छ।

यीसँगै अन्य ३० भन्दा बढी आचारसंहिता उल्लङ्घनका उजुरीहरू परेको बताइएको छ। निर्वाचन आयोगले कुनै पनि पार्टीका उम्मेदवारको पोष्टरमा लाइक, सेयर र कमेन्ट गर्न नपाउने जनाएको छ। तर, कतिपयले सो काम गरेको भनी प्रमाणसहित लिखित उजुरी आएपछि हटाइएको हो।

Tags :
प्रतिक्रिया दिनुहोस