गगन प्रधानमन्त्री हुनेमा नायक प्रदिप खड्का विश्वस्त « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

गगन प्रधानमन्त्री हुनेमा नायक प्रदिप खड्का विश्वस्त


१ मंसिर २०७९, बिहिबार


काठमाडौँ । नायक प्रदिप खड्काले नेपाली काँग्रेसका महामन्त्री गगन कुमार थापालाई भोट मागेका छन् ।

काँग्रेस उम्मेदवार विनोद चौधरीलाई भोट माग्न नवलपरासी पुगेका ‘प्रेमगीत’ फेम्ड खड्का बुधबार अर्का उम्मेदवार गगन थापालाई भोट माग्दै हिँडेका छन् । गगनको चुनावी घरदैलोमा पुगेर प्रदीपले उनको पक्षमा भोट मागेका हुन् । यति मात्र होइन, प्रदीपले गगनलाई भावी प्रधानमन्त्रीको रूपमा अघि सारेका छन् ।

उनले भने, ‘दाइमाथि मलाई विश्वास छ । भावी प्रधानमन्त्रीको रूपमा आफूले आफूलाई जसरी दाबेदारी देखाइरहनुभएको छ । म यसमा विश्वस्त छु कि आउनुपर्ने र सम्हाल्नुपर्ने नयाँ पुस्ताले नै हो ।’

सँगै उभिएका उम्मेदवार थापाले भने, ‘हाम्रो पुस्ताको चर्चित मात्र होइन, सम्भावना भएको नायकले मैदानमै आएर मेरो पक्षमा भोट माग्नुभयो, म यसप्रति आभारी पनि छु ।’

Tags :
प्रतिक्रिया दिनुहोस