निर्वाचन सुरक्षा अवस्था बुझ्न मुख्यसचिवसहित सचिवको टोली जुम्लामा « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

निर्वाचन सुरक्षा अवस्था बुझ्न मुख्यसचिवसहित सचिवको टोली जुम्लामा


२७ कार्तिक २०७९, आइतबार


काठमाडौँ । निर्वाचन सुरक्षाको अवस्था बुझ्न मुख्यसचिव शंकरदास वैरागीसहितको टोली कर्णालीमा पुगेको छ। 

निर्वाचनपूर्व अवस्था अनुगमन तथा सुरक्षा व्यवस्थाको अवस्था बुझ्न मुख्यसचिव वैरागी, गृहसचिव विनोदप्रकाश सिंह, रक्षासचिव किरणराज शर्मा र प्रधानमन्त्री कार्यालयका सचिव मधुकुमार मरासैनी, नेपाली सेनाका उपरथी अशोकराज सिग्देलसहितको टोली हेलिकोप्टरमा जुम्ला पुगेको हो।   

सचिवहरूको टोलीले जुम्लामा निर्वाचन र सुरक्षा तयारीको विषयमा जिल्ला सुरक्षा समितिसँग छलफल तथा आवश्यक निर्देशनसमेत गरेको प्रमुख जिल्ला अधिकारी मुकेशकुमार केशरीले बताए । उनका अनुसार नेपाली सेनाको २४ नम्बर बाहिनी जुम्लामा कर्णाली र जिल्लाको निर्वाचन तयारी तथा सुरक्षाको विषयमा छलफल गरिएको हो।

छलफलमा नेपाली सेनाको २४ नम्बर बाहिनीका बाहिनीपति रामचन्द्र केसीले साबिक कर्णालीका ५ जिल्लाको सुरक्षा अवस्था र तयारीका विषयमा प्रस्तुति गरिएको प्रमुख जिल्ला अधिकारी मुकेशकुमार केशरीले बताए। 

Tags :
प्रतिक्रिया दिनुहोस