बाजुरा प्रशासनद्वारा सेवा स्थगन « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

बाजुरा प्रशासनद्वारा सेवा स्थगन


२७ कार्तिक २०७९, आइतबार


डोटी । जिल्ला प्रशासन कार्यालय बाजुराले कात्तिक २८ गते देखि केही समयका लागि सेवा प्रवाह नगर्ने भएको छ । 

मंशिर ४ गते हुन गइरहेको प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्यको निर्वाचन २०७९ का लागि कार्यालयबाट कर्मचारी विभिन्न स्थानमा खटाइने भएकाले अर्को सूचना जारी नभए सम्मका लागि सेवा स्थगन गरिएको सहायक प्रमुख जिल्ला अधिकारी लोकेन्द्र विष्टले बताए ।

आइतबार प्रमुख जिल्ला अधिकारी प्रकाशचन्द्र अधिकारीद्वारा हस्ताक्षरित सूचनामा भनेको छ, ‘कर्मचारीहरू विभिन्न मतदान केन्द्रहरूमा खटिई जानु पर्ने भएकाले जनशक्ती अभाव हुँदा यस कार्यालयबाट प्रवाह हुने सेवाहरू २०७९/०७/२८ गतेदेखी अर्को सूचना जारी नभए सम्मका लागि स्थगन गरिएको जनाएको छ ।’

Tags :
प्रतिक्रिया दिनुहोस