बाइडेनले सोमबार चिनियाँ समकक्षी सीसँग उच्चस्तरीय वार्ता गर्ने « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

बाइडेनले सोमबार चिनियाँ समकक्षी सीसँग उच्चस्तरीय वार्ता गर्ने


२७ कार्तिक २०७९, आइतबार


काठमाडौँ। अमेरिकी राष्ट्रपति जो बाइडेनले सोमबार चिनियाँ समकक्षी सी चिनफिङसँग उच्चस्तरीय वार्ता गर्ने भएका छन् । वार्तामा बेइजिङसँग अमेरिकाको तनावपूर्ण सम्बन्ध सुधारको प्रयास गरिने उनले बताएका छन् । 

मध्यावधि चुनावमा बाइडेनको डेमोक्र्याटिक पार्टीले अप्रत्याशित सफलता हासिल गरेपछि इन्डोनेसियामा जी–२० शिखर सम्मेलनको बैठकमा बलियो भएर सहभागी हुने उनले बताए । “मलाई थाहा छ म बलियो हुँदै छु,” उनले सीसँगको वार्तामा मध्यावधि चुनावको प्रभावको बारेमा उल्लेख गर्दै भने ।

चीन र अमेरिकाबीच व्यापारदेखि मानव अधिकार र ताइवानको स्वशासित टापुको अवस्थालाई लिएर विवाद छ । तर बाइडेनले सीसँग स्पष्ट वार्ताको अपेक्षा गरेको मलाएमेलडटकमले जनाएको छ । “म सी चिनफिङलाई चिन्छु, उहाँले मलाई चिन्नुहुन्छ,” उनले थपे, “हामीहरूबीच सधैँ ‘सीधा छलफल’ भएको छ ।”

दसकभन्दा बढी बाइडेन उपराष्ट्रपति भएको बेलादेखि नै बाइडेन र सी एक अर्कासँग परिचित छन् । तर, सोमबार उनीहरू वर्तमान भूमिकामा पहिलो पटक आमनेसामने भेट्ने छन् । “हामीमा धेरै कम भ्रान्ति छ । हाम्रो रेड लाइन हामीले पत्ता लगाउनुपर्छ,” उनले भने । 

ह्वाइट हाउसका अधिकारीहरूकाअनुसार बाइडेनले उत्तर कोरियामा लगाम लगाउन आफ्नो प्रभाव प्रयोग गर्न चीनलाई दबाब दिनेछन् । क्षेप्यास्त्र परीक्षणको रेकर्ड-ब्रेक गरेपछि उत्तर कोरियाले छिट्टै आफ्नो सातौँ आणविक परीक्षण गर्ने डर बढेको छ ।

बाइडेनले आइतबार आफ्ना दक्षिण कोरियाका समकक्षी युन सुक-योल र जापानी प्रधानमन्त्री फुमियो किशिदासँग उत्तरको मिसाइल कार्यक्रमबाट उत्पन्न खतरालाई सम्बोधन गर्ने उपायहरूबारे छलफल गर्ने बताइएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस