यातायात प्राधिकरणको स्थापनापछि काठमाडौँमा सवारी दुर्घटना न्यूनीकरण हुन्छ : बालेन्द्र शाह « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

यातायात प्राधिकरणको स्थापनापछि काठमाडौँमा सवारी दुर्घटना न्यूनीकरण हुन्छ : बालेन्द्र शाह


२७ कार्तिक २०७९, आइतबार


काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाहले यातायात प्राधिकरणको स्थापना भएपछि काठमाडौं उपत्यकामा हुने सवारी दुर्घटना न्यूनीकरण हुँदै जाने विश्वास व्यक्त गरेका छन् । 

संघीय संसदबाट काठमाडौँ उपत्यकामा हुने सडक दुर्घटना न्यूनीकरणका लागि सोसम्बन्धी विधेयक पारित भएको उल्लेख गर्दै उनले त्यसबाट सो क्षेत्रको सडक दुर्घटना न्यूनीकरण हुँदै जाने बताएका हुन् । 

सेयर सबै सार्वजनिक सवारी साधनहरूको बराबर हुनेगरी सो विधेयक पास भएकाले सवारी साधनहरुबीच अस्वस्थ प्रतिस्पर्धा भई दुर्घटना हुने काममा कमी आउने उनको भनाई थियो । आइतबार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै उनले सार्वजनिक यातायातमा हुने जामका कारण मोटरसाइकल लगायतका दुई पाङग्रे सवारी साधनको चाप बढेको उल्लेख गरे । 

मेयर शाहले काठमाडौँ उपत्यका भित्र हुने सवारी दुर्घटनामा परी घाइते भएकाहरूको तत्काल उपचार हुने गरी आवश्यक व्यवस्था मिलाउन पनि प्रयास भइरहेको बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस