फिफा विश्वकप हेर्न अतिरिक्त शुल्क लिनेसम्बन्धी रिटको सुनुवाइ स्थगित « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

फिफा विश्वकप हेर्न अतिरिक्त शुल्क लिनेसम्बन्धी रिटको सुनुवाइ स्थगित


२७ कार्तिक २०७९, आइतबार


काठमाडौँ । फिफा विश्वकप २०२२ हेर्नका लागि ५०० रुपैयाँ अतिरिक्त लिइने मिडिया हबको निर्णय कार्यान्वयन गर्न मिल्ने वा नमिल्ने विषयमा आइतबार न्यायाधीशद्वय विश्वम्भर श्रेष्ठ र डा. मनोजकुमार शर्माको इजलासमा तोकिएको पेसी हेर्न नभ्याइने सूचीमा हुँदै स्थगित भएको छ ।

अधिवक्ता किशोर पौडेललगायतले मिडिया हबको फिफा विश्वकप हेर्न अतिरिक्त शुल्क लाग्ने निर्णय विरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरेका थिए ।

रिटमा प्रारम्भिक सुनुवाइपछि न्यायाधीश प्रकाशमान सिंह राउतको एकल इजलासले मिडिया हबको सो निर्णय कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरी ३० गतेका लागि पेसी तोकेको थियो ।

अदालतको आदेश खारेज गर्न माग गर्दै मिडिया हबका तर्फबाट बिहीबार निवेदन पेस गरिएको थियो । 

निवेदनमा अदालतको अल्पकालीन अन्तरिम आदेश खारेज गरी फिफाको ब्रोडकास्टसम्बन्धी कामकारबाही अगाडि बढाउन माग गरिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस