निर्वाचनमा सुरक्षामा चुनौती आए अधिकतम बल प्रयोग हुन्छ : प्रजिअ कटुवाल « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

निर्वाचनमा सुरक्षामा चुनौती आए अधिकतम बल प्रयोग हुन्छ : प्रजिअ कटुवाल


२७ कार्तिक २०७९, आइतबार


काठमाडौँ । आसन्न मंसिर ४ गते हुने सङ्घ तथा प्रदेशसभा सदस्य निर्वाचनमा कुनैपनि शङ्कास्पद तथा निर्वाचन विरोधी गतिविधि भए अधिकतम बल प्रयोग गर्ने स्थानीय प्रशासनले जनाएको छ । 

आसन्न​ निर्वाचन  विप्लव समूहले निर्वाचन बहिष्कार गरेर भण्डाफोर गर्ने कार्यक्रम घोषणा गरेका कारण निर्वाचन अझ धेरै चुनौती थपिएको बाराका प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवालले जनाएका छन् ।

‘निर्वाचनमा कुनै धाँधली भयो, कसैले हुलदङ्गा गर्‍यो भने अव प्रहरी मूकदर्शक भएर बस्दैन, अहिलेको प्रहरी एक्सनमा आउँछ त्यसमा नेपाल प्रहरी, नेपाली सेना र अनुसन्धानको भूमिका पनि सँगसँगै छ’ प्रजीअ कटुवालले भने ‘प्रहरीले एक्सन गर्दा त्यसबाट हुने हानीको जिम्मेवारी पनि जसले गल्ती गर्छ त्यसैले बेहोर्नुपर्छ’ । बाराका प्रहरी उपरीक्षक होबिन्द्र बोगटीले पनि निर्वाचनमा अधिकतम बल प्रयोग हुनसक्ने टिप्पणी गरेका छन् । 

‘निर्वाचनको सिलसिलामा सुरक्षामा कुनै पनि किसिमको चुनौती आए कम्प्रमाईज हुँदैन, हामी अधिकतम बल प्रयोग गर्न बाध्य हुनेछौ’ प्रहरी उपरीक्षक बोगटीले भने । आसन्न निर्वाचनमा जिल्लाको ३०५ वटा मतदान स्थल र ५५५ मतदान केन्द्र मध्ये १८० भन्दा बढी मतदान केन्द्रलाई संवेदनशील  रहेको बताएका छन् । 

सुरक्षाका दृष्टिले बजार क्षेत्रमा भएका मतदान स्थलहरू भन्दा बाहेक ग्रामीण भेगका, राजमार्गबाट अलि टाढा भएका मतदान स्थलहरूलाई संवेदनशील मतदान स्थलको रूपमा राखिएको बोगटीले जनाएका छन् । बारामा आस्रन निर्वाचनमा ३ हजार १४४ जना म्यादी प्रहरी, २ हजार नेपाल प्रहरी, सोही संख्यामा नेपाली सेना र प्रशस्त प्रहरीसँगै तालिम प्राप्त कुकुरहरू पनि खटाइने छ । 

भारतीय गाडीहरूको भाडा सस्तो हुने भएकोले उम्मेदवारहरूले निर्वाचनमा बढी भारतीय गाडी प्रयोग गर्ने गर्दछन् । प्रहरी उपरीक्षक बोगटीले निर्वाचन शान्तिपूर्ण  र भयरहित ढङ्गले सम्पन्न गर्न  निर्वाचन हुनुभन्दा ७२ घन्टा अघि नै नेपाल भारत सीमा क्षेत्रमा आवतजावत बन्द गर्ने निर्णय भएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस