जुम्लामा निर्वाचनका लागि खटिए ८४८ कर्मचारी, यसरी गरिएको छ खटनपटन ! « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

जुम्लामा निर्वाचनका लागि खटिए ८४८ कर्मचारी, यसरी गरिएको छ खटनपटन !


२७ कार्तिक २०७९, आइतबार


काठमाडौँ । जुम्लामाआसन्न मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि ८४८ जना कर्मचारी खटिएका छन् ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार जिल्लाका १०८ मतदान केन्द्रमा कर्मचारी खटाइएको छ ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयले प्रकाशन गरेको कर्मचारी खटनपटनको सूची अनुसार १०६ वटा स्थायी र २ वटा अस्थायी गरी ८४८ जना कर्मचारी खटाइएको छ ।

मुख्य निर्वाचन अधिकृत तथा जिल्ला न्यायधिस विष्णुप्रसाद गौतमका अनुसार १०८ जना मतदान अधिकृत र १०८ जना सहायक मतदान अधिकृतसहित कर्मचारी खटाइएको हो ।

उनका अनुसार ९९ मतदान केन्द्रमा ८ जना कर्मचारीका दरले ७९२ जना, ७ वटा मतदान केन्द्रमा ७ जना कर्मचारीका दरले ४९ जना र दुई वटा अस्थायी मतदान केन्द्रमा ७ जना खटाइएको छ ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार २५१ जना भन्दा कम मतदाता भएको स्थानमा ७ जना र २५१ भन्दा धेरै मतदाता भएको स्थानमा ८ जनाका दरले कर्मचारी खटाइएको छ ।

जिल्ला निर्वाचन कार्यालयका अनुसार खटाइएका कर्मचारीलाई तालिम दिएर, सामग्री हस्तान्तरण गरिने छ । 

Tags :
प्रतिक्रिया दिनुहोस