‘मतदाताहरू मसँग सन्तुष्ट छन्, विजयी हुनेमा ढुक्क छु’: पम्फा भुसाल « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

‘मतदाताहरू मसँग सन्तुष्ट छन्, विजयी हुनेमा ढुक्क छु’: पम्फा भुसाल


२७ कार्तिक २०७९, आइतबार


ललितपुर । ऊर्जा, जलस्रोत तथा सिचाइमन्त्री एवं नेकपा माओवादी केन्द्रकी उपमहासचिव पम्फा भुसालले आसन्न प्रतिनिधि सभा निर्वाचनमा आफू विजयी बन्नेमा ढुक्क रहेको बताएकी छन् ।

ललितपुर निर्वाचन क्षेत्र नम्बर ३ बाट प्रतिनिधि सभा सदस्य उम्मेदवार समेत रहेकी भुसालले आइतबारको घरदैलो कार्यक्रममा सो कुरा बताएकी हुन् ।

काँग्रेस एकताबद्ध नभएको र स्वतन्त्र उम्मेदवार डा। तोसिमा कार्कीले चुनौती दिइरहेको बेला भुसालले आफूलाई डर नभएको बताइन् । उनले भनिन्, ‘मैले यो क्षेत्रमा राम्रा कामहरू गरेको छु, जनतालाई नराम्रो लाग्ने कुनै काम पनि गरेको छैन, यसभन्दा अगाडि पनि दुई पटकसम्म जितिसकेको हो, त्यसैले डर मलाई छैन । जनताले, मतदाताले धेरै राम्रो प्रतिक्रिया दिनुभएको छ ।’

मन्त्री भुसालले आम मतदाताहरू आफूसँग खुसी र सन्तुष्ट रहेको जिकिर समेत गरिन् ।

Tags :
प्रतिक्रिया दिनुहोस