गान्धी हत्याकाण्डका ३ जना ३१ वर्षपछि रिहा « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

गान्धी हत्याकाण्डका ३ जना ३१ वर्षपछि रिहा


२७ कार्तिक २०७९, आइतबार


भारत । राजीव गान्धी हत्याकाण्डका ६ जना दोषीलाई ३१ वर्षको जेल सजायपछि सर्वोच्च अदालतले रिहा गरेको एक दिनपछि, तीन अभियुक्तहरू – नलिनी श्रीहरन, उनका पति मुरुगन र सन्थान रिहा भएका छन् । अदालतको आदेशपछि उनीहरू शनिबार साँझ रिहा भएका हुन् ।

रिहा हुनुअघि नलिनी शनिबार बिहान एक स्थानीय प्रहरी चौकीमा उपस्थिति भएकी थिइन् । मे महिनामा सर्वोच्च अदालतले आफ्नो असाधारण शक्तिको प्रयोग गरी सातौँ दोषी पेरारिवलनलाई रिहा गरेको थियो । बाँकी दोषीलाई पनि यही आदेश लागू भएको अदालतले जनाएको छ ।

अदालतले यो पनि उल्लेख गरेको छ की तमिलनाडु क्याबिनेटले सन् २०१८ मा राज्यपाललाई दोषीहरूलाई रिहा गर्न सिफारिस गरेको थियो र राज्यपाल यसको लागि बाध्य थिए ।

नलिनी बाहेक पूर्व प्रधानमन्त्री राजीव गान्धीको हत्याको लागि सन् १९९१ मा जेल परेका अन्यहरू श्रीहरन, सन्थान, मुरुगन, रोबर्ट पायस र आरपी छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस