आतङ्कवादी हमलामा परी २ जना प्रहरीको मृत्यु « प्रशासन
Logo २६ बैशाख २०८१, बुधबार
   

आतङ्कवादी हमलामा परी २ जना प्रहरीको मृत्यु


२३ कार्तिक २०७९, बुधबार


इस्लामावाद । पाकिस्तानको उत्तर पश्चिमी प्रान्त खैबर पख्तुनख्वाको दक्षिण भागमा पर्ने वजिरिस्तान जिल्लामा मङ्गलवार राति भएको आतङ्कवादी हमलामा परी कम्तीमा दुई प्रहरीको मृत्यु हुनुको साथै अन्य तीन जना घाइते भएका प्रहरीले जनाएको छ ।

अज्ञात आतङ्ककारीहरूले मध्यरातमा यस जिल्लाको रघजाई क्षेत्रको एक प्रहरी चौकीमा आक्रमण गरेका र परिणामस्वरूप प्रहरीहरू हताहत भएका सञ्चार माध्यमले जानकारी दिएको छ ।

आतङ्ककारीहरूले एम्बुलेन्स र प्रहरी चौकीमा आगजनी गरेका र चौकीबाट दुई दर्जनभन्दा बढी मेसिनगन, एक थान हलुका मेसिनगन र फिल्डर कारसमेत चोरी गरेको प्रहरीले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस