डोटीका भूकम्प पीडितलाई प्रेम आलेले गरे ५० हजार सहयोग « प्रशासन
Logo २० बैशाख २०८१, बिहिबार
   

डोटीका भूकम्प पीडितलाई प्रेम आलेले गरे ५० हजार सहयोग


२३ कार्तिक २०७९, बुधबार


काठमाडौँ । पूर्व मन्त्री प्रेमबहादुर आलेले डोटीको पूर्वी चौकी गाउँपालिका–३ गैरा गाउँमा गएरातिको भूकम्पमा परी मृत्यु भएका छ जनाको परिवारहरूलाई एक लाख ५० हजार राहत दिने घोषणा गरेका छन् ।

बुधबार बिहान भूकम्पका कारण धनजनको क्षति भएको क्षेत्र पूर्वी चौकी गाउँपालिका–३ गैरा गाउँ पुगेका पूर्व मन्त्री आलेले मृतकहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै मृतकका परिवारलाई काजक्रियामा सहयोग पुगोस् भनेर उनीहरूका परिवारलाई जनही २५ हजारका दरले रु एक लाख ५० हजार राहत दिने बताएको हो ।

आफूले सो रकम जिल्ला विपद् व्यवस्थापन समितिमार्फत तत्कालै उपलब्ध गराउने जानकारी उनले परिवारलाई भेटेर दिएका थिए । त्यसै गरी उनले अन्य निकाय तथा क्षेत्रबाट पनि भूकम्प पीडितहरूका लागि आवश्यक राहतको व्यवस्था गरिदिन पनि आग्रह गरेका छन् ।

गएरातिको भूकम्पमा परी पूर्वी चौकी गाउँपालिका–३ गैरा गाउँका छ जनाको ज्यान गएको छ भने अरू सात जना गम्भीर घाइते भएका छन् ।

डोटी निवासी पूर्व मन्त्री आले आसन्न मङ्सिर ४ को निर्वाचनमा सोही जिल्लाबाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार पनि छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस