काँग्रेस उम्मेदवार थापाको निधनप्रति प्रधानमन्त्रीद्वारा शोक व्यक्त « प्रशासन
Logo २४ बैशाख २०८१, सोमबार
   

काँग्रेस उम्मेदवार थापाको निधनप्रति प्रधानमन्त्रीद्वारा शोक व्यक्त


२३ कार्तिक २०७९, बुधबार


काठमाडौँ । प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले प्रदेश १ का वन, वातावरण तथा भूसंरक्षणमन्त्री एवं मोरङ ३ (१) का काँग्रेस उम्मेदवार शेखरचन्द्र थापाको निधनको खबरले आफू स्तब्ध भएको बताएका छन् । प्रधानमन्त्रीले शोक सन्तप्त परिवारजनमा गहिरो समवेदना प्रकट गरेका छन् ।

वनमन्त्री थापाको बुधबार बिहान नोबेल अस्पतालमा उपचारका क्रममा निधन भएका हो । ‘प्रदेश १ का वन, वातावरण तथा भूसंरक्षण मन्त्री एवं मोरङ क्षेत्र नम्बर ३ (१) का नेपाली काँग्रेसका उम्मेदवार शेखरचन्द्र थापाजीको निधनको खबरले स्तब्ध भएको छु। उनको आत्माको चिरशान्तिको कामना गर्दै परिवारजनमा गहिरो समवेदना प्रकट गर्दछु,’ देउवाले जारी गरेको शोक सन्देशमा भनिएको छ ।

थापा २०७४ सालमा समानुपातिक सांसद निर्वाचित भएका थिए । यो पटक उनलाई पार्टीले प्रदेशमा प्रत्यक्षतर्फको टिकट दिएको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस