सालकको खपेटासहित गोङ्गबुबाट २ जना पक्राउ « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

सालकको खपेटासहित गोङ्गबुबाट २ जना पक्राउ


२३ कार्तिक २०७९, बुधबार


पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले दुर्लभ वन्यजन्तु सालकको खपटासहित दुई जनालाई पक्राउ गरेको छ ।

प्रहरीले काठमाडौँ महानगरपालिका–२६ गोङ्गबु चोकबाट रामेछाप दोरम्बा गाउँपालिका–७ थापागाउँ घर भएका ३८ वर्षीय प्रेमबहादुर विक र खोटाङ अर्खल गाउँपालिका–९ घर भएका २१ वर्षीय अर्जुन मगरलाई पक्राउ गरी आज सार्वजनिक गरेको हो ।

प्रहरीले उनीहरूसँग १० किलोग्राम पाँच सय ग्राम सालकको खपटा बरामद गरेको छ । यस्तै, विकले प्रयोग गर्ने बा५८प ८३३७ नंको मोटरसाइकल र मगरले प्रयोग गर्ने बागमती प्रदेश ०२–०२८ प ७६७२ नंको मोटरसाइकल बरामद गरेको प्रहरीको भनाइ छ ।

पक्राउ परेकासँग आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस