२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

काठमाडौँ विश्वविद्यालयमा स्वास्थ्य सूचना प्रविधि अध्यापन हुने

अ+ अ-

काभ्रे । काठमाडौँ विश्वविद्यालय(केयू)ले नेपालमै पहिलोपटक स्वास्थ्य सूचना प्रविधि (हेल्थ इन्फरम्याटिक्स) विषय अध्यापन गर्ने भएको छ।

काभ्रेको धुलिखेलस्थित चौकोटमा रहेको केयूले आगामी शैक्षिक सत्रदेखि स्नातकोत्तर तहमा स्वास्थ्य सूचना प्रविधि विषयमा अध्यापन सुरु गर्न लागेको हो।

केयूले युरोपियन युनियनको इरास्मस प्लस कार्यक्रमअन्तर्गत नेप्लिज एजुकेशन इन इ-हेल्थ मास्टर (एनइइएम) परियोजनामार्फत ओस्लो युनिभर्सिटी, नर्वेसँग सहकार्य गर्नेगरी यो कार्यक्रम तय गरेको बताएको छ। यही परियोजनाअन्तर्गत युनिभर्सिटी इन्टिच्युट अफ लिसवन, आइएससीटीई पोर्चुगलले पनि सहयोग गरेको केयूले जानकारी दिएको छ।

उपप्राध्यापक तथा हेल्थ इन्फरम्याटिक्स, स्नातकोत्तर कार्यक्रमका संयोजक उपप्राध्यापक सन्तोष खनालले ‘हेल्थ इन्फरम्याटिक्स’का जनशक्तिको आवश्यकता विश्वभर रहेकाले केयूले यो विषयमा स्नातकोत्तर तहको शैक्षिक कार्यक्रम सञ्चालन गर्न लागेको बताए ।

संयोजक खनालले स्वास्थ्य क्षेत्रसँग सम्बन्धित तथ्याङ्क प्रशोधन गर्ने, स्वास्थ्य प्रणालीहरुको विकास गर्ने तथा स्वास्थ्य क्षेत्रमा नवीन खोज एवं अन्वेषण गर्ने यस विषयको मुख्य उद्देश्य रहेको बताए। उनका अनुसार हेल्थ इन्फरम्याटिक्स स्वास्थ्य विज्ञान तथा सूचना प्रविधिको संमिश्रण हो।

यो शैक्षिक कार्यक्रमको अवधि २ वर्ष हुनेछ। यस शैक्षिक कार्यक्रममा हाललाई एक पटकमा १० विद्यार्थी भर्ना गरिने र यो शैक्षिक कार्यक्रममा शोधकार्यसहित कूल ४८ क्रेडिट कोर्ष अध्यापन हुने केयूले जनाएको छ।

स्कूल अफ इन्जिनियरिङका डिन प्राचार्य डा. मनिष पोखरेलले नाभेम्बर २०२२ भित्रै भर्ना प्रक्रिया सुरु गरी पठनपाठन सञ्चालन गर्ने बताए ।