फिलिपिन्सको बासिलान प्रान्तमा गोली चल्दा ४ जनाको मृत्यु « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

फिलिपिन्सको बासिलान प्रान्तमा गोली चल्दा ४ जनाको मृत्यु


एजेन्सी

२३ कार्तिक २०७९, बुधबार


काठमाडौँ । फिलिपिन्सको दक्षिणी बासिलान प्रान्तमा अज्ञात बन्दुकधारीले गोली चलाउँदा चार जनाको मृत्यु भएको छ।

लमितान शहरमा विवाह समारोहका लागि प्रयोग गरिएको अस्थायी मञ्चमा सुतिरहेकाहरुमाथि गोली प्रहार हुँदा चार जनाको मृत्यु भएको हो।

आक्रमणमा घाइते भएका एकजनाको उपचार भइरहेको समाचार एजेन्सी सिन्ह्वाले जनाएको छ।

प्रहरीले घटनास्थलबाट एक दर्जन बढी गोली र एक एम-१६ असल्ट राइफल बरामद गरेको छ। बन्दुकधारीको खोजी भइरहेको प्रहरीले जनाएको छ।

Tags :
प्रतिक्रिया दिनुहोस