पूर्व महानिर्देशक शर्माको भ्रष्टाचार मुद्दामा मिसिल झिकाउने आदेश « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

पूर्व महानिर्देशक शर्माको भ्रष्टाचार मुद्दामा मिसिल झिकाउने आदेश


२२ कार्तिक २०७९, मंगलबार


काठमाडौँ । विशेष अदालतले भ्रष्टाचार मुद्दा खेपिरहेका चुडामणि शर्माको मुद्दामा मिसिल झिकाउने आदेश दिएको छ ।

विशेष अदालतका न्यायाधीश श्रीकान्त पौडेल र यमुना भट्टराईको संयुक्त इजलासले अन्तिम सुनुवाइ थाल्नुअघि कर फर्स्योट आयोगमा रहँदा भ्रष्टाचार गरेको आरोपमा मुद्धा खेपी रहेका शर्माको आवश्यक मिसिल मगाउने आदेश गरेको हो ।

विशेषले कर फर्स्योट आयोगको फाइलसहित अन्य मिसिल पेस गर्न सरकारको नाममा आदेश गरेको छ । कर फर्स्योट आयोगमार्फत राजस्व हिनामिना गरेको अभियोगमा आन्तरिक राजस्व विभागका पूर्वमहानिर्देशक शर्मासहित तीन जनाविरुद्ध दायर १० अर्ब रुपैयाँको मुद्दा दायर भएको थियो ।

सरकारले शर्मासहित कर फर्स्योट आयोगका तत्कालीन अध्यक्ष लुम्बध्वज महत र सदस्य उमेश ढकालविरुद्ध पनि राजस्व अपचलनको मुद्दा दायर गरेको थियो । उनीहरूले कर फर्स्योट आयोगमार्फत १० अर्ब २ करोड १७ लाख भ्रष्टाचार गरेको दाबी छ । उनीहरूविरुद्ध १ साउन २०७४ मा राजस्व अपचलन गरेको आरोपमा भ्रष्टाचार मुद्दा दायरपछि उनीहरू जनही १/१ करोड रुपैयाँ धरौटीमा रिहा भएका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस