२२ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

निर्वाचनसम्बन्धी माहौल बनाइदिन उद्योगीहरूलाई आयोगको आग्रह

अ+ अ-

काठमाडौँ । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले निजी क्षेत्रका उद्योगी/व्यवसायीलाई मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको माहौल बनाउन आग्रह गरेका छन् ।

निजी क्षेत्रका नेतृत्वदायी सङ्गठन तथा व्यक्ति सहभागी ‘निजी क्षेत्रसँग अन्तर्क्रिया’ विषयक आज आयोगमा आयोजित कार्यक्रममा प्रमुख आयुक्त थपलियाले ‘व्यावसायिक सामाजिक उत्तरदायित्व (सिएसआर) अन्तर्गत आफ्नो सूचना सम्प्रेषण संयन्त्रमार्फत आयोगका सूचना तथा सन्देश प्रवाह गरिदिन आग्रह गरे ।

उनले आयोगको सामाजिक सञ्जालमा आबद्ध भई आयोगमार्फत उत्पादित मतदाता शिक्षा, आचारसंहिता पालना तथा निर्वाचनसँग सम्बन्धित सूचना तथा सन्देश आफ्नो साङ्गठनिक संयन्त्र तथा सामाजिक सञ्जालमार्फत प्रवाह गरेर सहयोग गरिदिन पनि आग्रह गरे । व्यवसायीको सहयोग मुलुक र लोकतन्त्रका लागि महत्त्वपूर्ण हुने विश्लेषण गर्दै उनले आ–आफ्नो संस्थामा कार्यरत कर्मचारीलाई मतदान गर्न पाउने गरी सहजीकरण गरिदिनसमेत आग्रह गरे ।

उनले हाल देशको अर्थतन्त्र निक्कै अप्ठ्यारो स्थितिमा रहेका तथ्यहरू विश्लेषण गर्दै निर्वाचनपछि यो माहौलमा परिवर्तन आउने विश्वास समेत व्यक्त गरे । ‘अहिले तरलताको अभाव, ब्याजदर वृद्धि, बचत घटिरहेका जस्ता अवस्था सुनिन्छ । यसले कतै व्यवसायीहरू पलायन नै पो हुने हो कि ? भन्ने माहौल छ’, थपलियाले भने, ‘निर्वाचनसँग पनि यसको कुनै न कुनै साइने सम्बन्ध छ । यो अप्ठ्यारो स्थितिलाई निर्वाचनपछि सहजतातिर लैजान पनि यसले सहयोग मिलोस् भन्ने हो ।’ उनले संसारभरिको अभ्यासबाट निर्वाचनमा गरिने खर्च अनुत्पादक हुने देखिएको विश्लेषण गर्दै आयोगले निर्वाचनलाई मितव्ययी बनाउने क्रममा निजी व्यवसायीलाई असर परेको भए क्षमा गरिदिन आग्रह गरे । प्रमुख आयुक्त थपलियाले मतदानका दिन अत्यावश्यक क्षेत्रका सवारी साधनका साथै आवश्यकता र औचित्यताका आधारमा अन्य सवारी साधनलाई व्यवस्थित र नियन्त्रितरुपमा सञ्चालन गर्न दिने विषयमा गृहकार्य भइरहेको जानकारी गराए ।

कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासङ्घका कार्यवाहक अध्यक्ष चन्द्र ढकालले निर्वाचन सफल बनाउने सन्दर्भमा आयोगले निजी व्यवसायीलाई पनि सम्झिएकामा खुसी प्रकट गर्दै आफ्नो संयन्त्रमार्फत आयोगको आग्रह कार्यान्वयन गर्न सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । यसअघिको स्थानीय निर्वाचनमा मतपत्रमा धेरै निर्वाचन चिन्ह हुँदा मतदाता सही ढङ्गले मतदान गर्नेबारे अन्योलमा परेको उल्लेख गर्दै उनले यस पटक निर्वाचन आयोगले मतपत्रमा गरेको फेरबदलले राम्रो नतिजा ल्याउने विश्वास व्यक्त गरे ।

महासङ्घका उपाध्यक्ष अञ्जन श्रेष्ठले मतदानका दिन व्यवसायीका सवारी साधन प्रयोग गर्न दिन र आफूहरूलाई पर्यवेक्षकका रूपमा जिम्मेवारी दिनु आग्रह गरे । नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाटा)का अध्यक्ष रमेश थापाले निर्वाचन आयोगको आग्रह कार्यान्वयनमा आफूहरूको पूर्ण सहयोग रहने प्रतिबद्धता व्यक्त गर्दै निर्वाचनको दिन यातायातको सहज सञ्चालनमा सहयोग गरिदिन आग्रह गरे । यसअघि पर्यटकका लागि निश्चित प्रावधानसहित बसको व्यवस्था गरिदिने अभ्यास रहेको स्मरण गराउँदै उनले यो मुख्य पर्यटकीय सिजन भएकोले यातायातको सहज आवागमन आवश्यक भएको बताए ।

कार्यक्रममा सहभागी अन्य विभिन्न व्यवसायीले आयोगको आग्रह बमोजिम आफ्नो सहयोग रहने प्रतिबद्धता व्यक्त गर्दै निर्वाचन सम्पन्न गर्ने क्रममा स्थानीय तहसम्म निजी क्षेत्रको संयन्त्रलाई सहभागी गराउन आग्रह गरे ।

प्रतिक्रिया दिनुहोस