विद्युत् नियमन आयोगका अध्यक्षलाई आयोगले सोध्यो स्पष्टीकरण « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

विद्युत् नियमन आयोगका अध्यक्षलाई आयोगले सोध्यो स्पष्टीकरण


२२ कार्तिक २०७९, मंगलबार


काठमाडौँ । विद्युत् नियमन आयोगका अध्यक्ष दिल्लीबहादुर सिंहलाई निर्वाचन आचारसंहिता उल्लङ्घनको विषयमा निर्वाचन आयोगले स्पष्टीकरण सोधेको छ ।

अध्यक्ष सिंहले ऊर्जा मन्त्री एवं ललितपुर क्षेत्र नं. ३ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार पम्फा भुसालविरुद्ध सामाजिक सञ्जालमा पोस्ट गरेको विषयमा आयोगले स्पष्टीकरण सोधेको हो ।

सिंहले मन्त्रीसन्त्री भुसालले जलविद्युत् क्षेत्रमा गलत क्रियाकलापहरू भनी १० वटा बुँदा आफ्नो सामाजिक सञ्जाल फेसबुकमा राखेको भन्ने सूचना आएको र त्यही विषयमा स्पष्टीकरण सोधिएको आयोगले जनाएको छ ।

निर्वाचन आचारसंहिता, २०७९ को दफा ७ को खण्ड (क) मा कुनै राजनीतिक दल वा उम्मेदवारको पक्ष वा विपक्षमा प्रचारप्रसारमा संलग्न हुन वा प्रचारप्रसार गर्न नहुने व्यवस्था छ ।

Tags :
प्रतिक्रिया दिनुहोस