आज र भोलि जयनगर रेल सेवा सञ्चालन, ८५ कर्मचारी कार्यरत « प्रशासन
Logo ३ जेष्ठ २०८१, बिहिबार
   

आज र भोलि जयनगर रेल सेवा सञ्चालन, ८५ कर्मचारी कार्यरत


२२ कार्तिक २०७९, मंगलबार


धनुषा । जयनगर-जनकपुरधाम-कुर्था रेल सेवा आज र भोलि अतिरिक्त समयमा पनि सञ्चालन हुने भएको छ ।

कात्तिक पूर्णिमाको अवसरमा कमला नदीमा नुहाउन आउने तीर्थालुहरूको सुविधालाई मध्यनजर गर्दै नेपाल रेल्वे कम्पनीले कात्तिक २२ र २३ गते अतिरिक्त समयमा पनि रेल सञ्चालन गर्ने निर्णय गरेको हो ।

कात्तिक पूर्णिमामा कमला नदीमा स्नान गर्न ठुलो सङ्ख्यामा नेपाल र भारतबाट तीर्थालु आउने गरेका छन् । ‘जति बेला यात्रु आउँछन् त्यति बेला नै रेल चलाइहाल्छौँ’, उनले भने, ‘यात्रुको सुविधाकै लागि हामीले यस्तो निर्णय लिएका हौँ’, कम्पनीका प्रबन्ध सञ्चालक निरञ्जनकुमार झाले भने ।

जयनगरबाट महोत्तरीको बर्दिबाससम्म ७० किलोमिटर निर्माणाधीन रेलमार्गमध्ये जयनगर-कुर्था अन्तर्गतको ३५ किलोमिटरमा २०७८ चैत २० देखि नियमित रेल सेवा सञ्चालन हुँदै आएको छ ।

रेल सञ्चालन भएसँगै यहाँ धार्मिक पर्यटक बढ्ने र स्थानीय उत्पादन निर्यात बढाउन सकिने स्थानीयवासीको विश्वास छ । रेलमार्ग अन्तर्गत कुर्था, परवाहा, वैदेही, महिनाथपुर, खजुरी, इनर्वा र जयनगरमा रेल्वे स्टेसन छन् । रेल सञ्चालनका लागि हाल २६ भारतीय र ५९ नेपाली कर्मचारी कार्यरत छन् ।

भारतीय कर्मचारीमा खास गरी चालक दलका र केही इन्जिनियर रहेको प्रबन्ध सञ्चालक झाले जानकारी दिए ।

Tags :
प्रतिक्रिया दिनुहोस