निर्वाचन सुरक्षाका लागि आज १२ हजार प्रहरी जिल्लामा गए « प्रशासन
Logo २७ बैशाख २०८१, बिहिबार
   

निर्वाचन सुरक्षाका लागि आज १२ हजार प्रहरी जिल्लामा गए


२२ कार्तिक २०७९, मंगलबार


काठमाडौँ। आसन्न प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनका आजबाट काठमाडौँ उपत्यकाबाट करिब १२ हजार प्रहरी जिल्लामा परिचालन भएका छन्।

प्रहरी प्रधान कार्यालयका केन्द्रीय प्रवक्ता टेकप्रसाद राईले प्रहरी प्रधान कार्यालय र काठमाडौँ उपत्यकामा रहेका विभिन्न युनिटहरूबाट बाहिरका जिल्लामा थप मतदाताका लागि ११ हजार ९ सय ६१ जना प्रहरी परिचालन भएको जानकारी दिए।

मंसिर ४ गते एकै चरणमा हुन लागेको प्रतिनिधिसभा तथा प्रदेश सभा निर्वाचनको सुरक्षाका लागि प्रहरी प्रधान कार्यालयले सुरक्षा व्यवस्थापनका लागि प्रहरीहरू १२ दिन अघि नै जिल्ला पठाउन सुरु गरेको हो।

काठमाडौँ उपत्यकाबाट सबैभन्दा बढी ३ हजार ८ सय २ जना प्रहरी मधेस प्रदेशमा थप मतदाताका लागि जाँदै छन्।

निर्वाचन सुरक्षाका लागि यसअघि नै एक लाख म्यादी प्रहरीहरू परिचालन भइसकेका छन्। मतदान केन्द्रको सुरक्षामा म्यादी प्रहरी र नेपाल प्रहरी परिचालन हुनेछन्। त्यसभन्दा बाहिर राष्ट्रिय अनुसन्धान विभाग, सशस्त्र प्रहरी बल र नेपाल आर्मी परिचालन हुने छ।

Tags :
प्रतिक्रिया दिनुहोस