ला लिगामा रियल मड्रिडको पहिलो हार « प्रशासन
Logo २१ बैशाख २०८१, शुक्रबार
   

ला लिगामा रियल मड्रिडको पहिलो हार


२२ कार्तिक २०७९, मंगलबार


काठमाडौँ । स्पेनिस ला लिगा फुटबलमा रियल मड्रिड पराजित भएको छ ।

सोमबार राति भएको खेलमा रियललाई रायो भालेकानोले ३-२ गोल अन्तरले हराएको हो । खेलको पाँचौं मिनेटमा सान्टि कमसानाले गोल गर्दै भालेकानोलाई अग्रता दिलाएका थिए ।

३७ औं मिनेटमा लुका मोड्रिचले पेनाल्टीमा गोल गर्दै रियललाई १-१ गोलको बराबरीमा ल्याए । खेलको ४१ औं मिनेटमा इडर मिलिटाओले गोल गर्दै रियललाई २-१ को अग्रता दिलाए ।

४४ औं मिनेटमा अल्भारो ग्रासियाले गोल गर्दै भालेकानोलाई २-२ गोलको बराबरीमा ल्याए । त्यसपछि खेलको ६७ औं मिनेटमा ओस्कार ट्रेजोले गोल गर्दै भालेकानोलाई ३-२ को जित दिलाए ।

यस जितसँगै भालेकानोले १३ खेलमा २१ अंक जोडेको छ । भालेकानो आठौं स्थानमा रहेको छ । हारसँगै रियलले शीर्ष स्थानमा उक्लने अवसर गुमाएको छ । रियलको यो सिजनको पहिलो हार हो ।

रियल १३ खेलमा ३२ अंक जोडेर दोस्रो स्थानमा रहेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस