२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

ओखर र फलफूल खेती सुधार्न एडिबीले ९ अर्ब लगानी गर्ने

अ+ अ-

काठमाडौँ । एशियाली विकास बैङ्क (एडिबी) ले नेपालको पहाडी क्षेत्रमा ओखर र फलफूल खेतीमा सुधार गर्न लगानी गर्ने भएको छ। यसका लागि नेपाल र एडिबीबीच सोमबार सम्झौता भएको छ।

अर्थ मन्त्रालयमा आयोजित सम्झौता कार्यक्रममा अर्थसचिव कृष्णहरि पुष्कर र नेपालका लागि एडिबीका नेपाल निर्देशक अर्नौड काउक्विइसबीच पहाडी क्षेत्रमा ओखर र फलफूलको खेती सुधारका लागि लगानी सम्झौतामा हस्ताक्षर भएको हो।

सम्झौताअनुसार एडिबीले साधारण पुँजी संशोधनबाट करिब ७ अर्ब ७९ करोड सहुलियत ऋण र एशियाली कोषबाट करिब १ अर्ब ३० करोड रुपैयाँ अनुदान दिने भएको छ।

परियोजनाका लागि एडिबीले विश्वव्यापी कृषि तथा खाद्य सुरक्षा कार्यक्रमबाट १ अर्ब १७ करोड खर्च र नेपालले करिब १ अर्ब ८८ करोड रुपैयाँ लगानी गर्ने सम्झौतामा उल्लेख छ।

ओखर र फलफूल खेती सुधार परियोजनाबाट प्रदेश १, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका करिब ३० हजार घरपरिवार लाभान्वित हुनेछन्। खराब मौसम पनि सहन सक्ने ओखर र फलफूलका बोटबिरुवा नेपालको पहाडी क्षेत्रको १० हजार हेक्टरमा लगाउने सहमति भएको छ।

हस्ताक्षर कार्यक्रममा अर्थसचिव कृष्णहरि पुष्करले विगतदेखि निरन्तर रूपमा एडिबीले सहयोग गर्दै आएको सम्झँदै अझै सहयोगको अपेक्षा राखेको बताए। उनले नेपालको पहाडी क्षेत्रमा ओखर र फलफूल खेतीमा सुधारका लागि आवश्यक सहुलियत ऋणका विषयमा प्रक्रिया पुर्‍याएर छिटै काम शुरु गर्ने पनि बताए।