मन्त्रीविरुद्ध लेखेपछि विद्युत् नियमन आयोगका अध्यक्ष सिंहलाई स्पष्टीकरण « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

मन्त्रीविरुद्ध लेखेपछि विद्युत् नियमन आयोगका अध्यक्ष सिंहलाई स्पष्टीकरण


२१ कार्तिक २०७९, सोमबार


काठमाडौँ । निर्वाचन आयोगले विद्युत् नियमन आयोगका अध्यक्ष दिल्लीबहादुर सिंहलाई ऊर्जामन्त्री एवं ललितपुर क्षेत्र नं ३ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार पम्फा भुसालविरुद्ध सामाजिक सञ्जालमा पोस्ट गरेको विषयमा स्पष्टीकरण सोधेको छ ।

सिंहलाई ऊर्जामन्त्रीले गरेका जलविद्युत् क्षेत्रका गलत क्रियाकलापहरू भनी १० बुँदा आफ्नो सामाजिक सञ्जाल फेसबुकमा राखेको भन्ने जानकारीका आधारमा स्पष्टीकरण सोधिएको हो । 

निर्वाचन आचारसंहिता, २०७९ को दफा ७ को खण्ड (क)मा कुनै राजनीतिक दल वा उमेदवारको पक्ष वा विपक्षमा प्रचारप्रसारमा संलग्न हुन वा प्रचारप्रसार गर्न नहुने व्यवस्था छ । उक्त दफाको खण्ड (झ)मा सामाजिक सञ्जालमा राजनीतिक दल वा उमेदवारको पक्ष वा विपक्षमा कुनै सन्देश, सूचना, प्रचारप्रसारका सामग्री पोस्ट वा सेयर गर्न वा सामाजिक सञ्जालमार्फत मत माग्न नहुने व्यवस्था छ ।

निर्वाचन आयोग ऐन, २०७३ को दफा २३ को उपदफा (३) बमोजिम पत्र प्राप्त भएको २४ घण्टाभित्र निर्वाचन आयोग नेपालमा प्राप्त हुने गरी स्पष्टीकरण पेस गर्न भनेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस