निर्वाचन अधिकृतको कार्यालयमा ताला, वडाध्यक्ष पक्राउ « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

निर्वाचन अधिकृतको कार्यालयमा ताला, वडाध्यक्ष पक्राउ


२० कार्तिक २०७९, आइतबार


काठमाडौँ । बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नं.७ का वडाध्यक्ष सुनिलकुमार गुप्तालाई प्रहरीले पक्राउ गरेको छ ।

जीतपुर सिमरा उपमहानगरपालिका कार्यालयमा तालाबन्दी गरेपछि प्रहरीले उनलाई पक्राउ गरेको हो ।

जीतपुर सिमरा उपमहानगरपालिकाको कार्यालयमा बारा क्षेत्र नं.४ को निर्वाचन अधिकृतको कार्यालय पनि छ ।

निर्वाचन नजिकिँदै गरेको समयमा निर्वाचन अधिकृतको कार्यालय भएको कार्यालयमा तालाबन्दी गरेकोले उनलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ । 

Tags :
प्रतिक्रिया दिनुहोस