काँग्रेस नेतृत्वमा बनेको संविधानले सबैलाई अधिकार दिएको छ : रामचन्द्र पौडेल « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

काँग्रेस नेतृत्वमा बनेको संविधानले सबैलाई अधिकार दिएको छ : रामचन्द्र पौडेल


१७ कार्तिक २०७९, बिहिबार


काठमाडौँ । नेपाली काँग्रेसका नेता रामचन्द्र पौडेलले काँग्रेसको नेतृत्वमा बनेको संविधानले सबै वर्गलाई अधिकार दिएको बताएका छन्।

तनहुँमा आयोजित मतदाता भेटघाट कार्यक्रममा उनले नेपालको संविधान दक्षिण एसियामा सबैभन्दा सन्तुलित रहेको दाबीसमेत गरे।

तनहुँ क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार रहेका पौडेलले नेपालमा लोकतन्त्र साकार भइरहेको भन्दै त्यसलाई खलबलाउने प्रयास भइरहेको दाबी गरे। ‘नेपालमा लोकतन्त्र सबल भइरहँदा त्यसलाई खलबलाउने कोसिस भइरहेको छ,’ उनले भने, ‘लोकतन्त्र र जनताको अधिकारलाई रक्षा गर्दै अग्रगमनतर्फ अगाडि बढ्न प्रयत्न गर्न गठबन्धन तयार छ।’

उनले सत्ता खराब व्यक्तिको हातमा पुगे देश बर्बादीतर्फ जाने उल्लेख गर्दै सचेत हुन मतदातालाई आग्रह गरे। नेता पौडेलले जिल्लाको सबैभन्दा उचाइमा अवस्थित छिम्केश्वरी धार्मिक तथा पर्यटकीय हिसाबले सम्भावना बोकेको ठाउँ भएकाले यसको बृहत्तर विकास गरी पर्यटनको केन्द्रबिन्दु बनाउने प्रतिबद्धता व्यक्त गरे।

Tags :
प्रतिक्रिया दिनुहोस