राष्ट्रपति भोलि मुस्ताङ जाने « प्रशासन
Logo ४ बैशाख २०८१, मंगलबार
   

राष्ट्रपति भोलि मुस्ताङ जाने


१७ कार्तिक २०७९, बिहिबार


बागलुङ। राष्ट्रपति विद्यादेवी भण्डारी शुक्रबार मुस्ताङ भ्रमणमा जाने भएकी छिन् ।

राष्ट्रपति भण्डारीले त्यहाँको प्रसिद्ध धार्मिक स्थल मुक्तिनाथको दर्शनसँगै भगवान् बुद्धको मूर्ति अनावरण र भगवान् विष्णुको मूर्ति शिलान्यास गर्ने कार्यक्रम तय भएको छ ।

राष्ट्रपति शुक्रबार बिहान ८ बजे मुक्तिनाथ आइपुग्ने कार्यक्रम रहेको छ । मूर्ति अनावरण र शिलान्यास समारोहमा सरिक भएर राष्ट्रपति भोलि नै फर्किने छिन् । राष्ट्रपतिबाट मुक्तिनाथको रानी पौवामा निर्माण गरिएको ‘लो मुस्ताङ हिमालयन रिसोर्ट’को पनि उद्घाटन हुने जनाइएको छ ।

राष्ट्रपतिको भ्रमणलाई लक्ष्य गरी सुरक्षा र व्यवस्थापकीय प्रबन्ध चुस्त पारिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस