गोरखाबाट माओवादी संसारभर देखियोस् : प्रचण्ड « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

गोरखाबाट माओवादी संसारभर देखियोस् : प्रचण्ड


१६ कार्तिक २०७९, बुधबार


काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले गोरखाबाट माओवादी संसारभर देखिने गरी जनमत बनाउन आग्रह गरेका छन् । 

गोरखा काठमाडौँ सम्पर्क समन्वय समितिले काठमाडौँमा आयोजना गरेको कार्यक्रममा बोल्दै प्रचण्डले अरू ठाउँमा माओवादी कति जित्छ टेन्सन नलिई गोरखाबाट माओवादी संसारभर देखिने गरी लाग्न निर्देशन दिए । 

‘माओवादीलाई पहिलाको भन्दा अझ ठूलो शक्तिका साथ अझै धेरै मेहनत गरेर जान पर्‍यो । अब धेरै दिन पनि छैन । १७/१८ दिन मात्रै छ । एउटा रेकर्डसहित हेर्दा माओवादी स्वाट्ट संसारबाट देखियोस् । गोरखाबाट माओवादी संसारभर देखियोस्’ प्रचण्डले भने, ‘अरू ठाउँमा माओवादी कति जित्छ तपाईँहरूले टेन्सन नलिनुस् । मैले टेन्सन लिन्छु । सातै प्रदेश गएँ राम्रो छ । गोरखाबाट संसारलाई माओवादी देखाइदिने सङ्कल्प गर्नुपर्‍यो ।’

माओवादीले जुनसुकै सङ्कल्प बोके पनि असम्भवलाई समेत सम्भव तुल्याउने प्रचण्डले दाबी गरे । प्रचण्डले जनतालाई मतदाता शिक्षा दिनेदेखि मत पेटिकाको संरक्षण गर्ने र मतगणना गर्ने सम्म सबै ख्याल गर्न नेता कार्यकर्तालाई निर्देशन दिए । ‘प्रचण्ड गोरखा आउनु अवसर भन्नुभयो । चुनौती पनि हो । प्रचण्ड गोरखा आउनु झमेला छ । अस्ति बाजा बज्छ भन्ने पनि थाहा थिएन । गोरखा जाँदा तलैबाट देखे जनता स्वतःस्फूर्त रूपमा आए । त्यसपछि बडो रमाइलो भयो’ प्रचण्डले भने( ‘निर्वाचन आयोगले स्पष्टीकरण सोध्यो मैले जवाफ दिए । मलाई सबै थाहा भएन मनोनयन गर्दा २५ जना मात्रै गएको हो भन्ने जवाफ दिए । आज निर्वाचन आयोगले चित्त बुझ्दो भएन भन्ने समाचार आइसकेको छ ।’

निर्वाचन आयोगले बाजा कहाँबाट आएको हो भनेर स्पष्टीकरण सोध्ने गरेको प्रचण्डले बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस